संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : माधवकुमार नेपाल

हिमाल प्रेस २१ साउन २०८१ ८:१४
10
SHARES
संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : माधवकुमार नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा अयोजित कार्यक्रममा उनले लोकतन्त्र, संविधानको रक्षा  एवं राजनीतिक संकटको समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए।

‘आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ। आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन। वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो  छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्ने बताए। रासस

प्रकाशित: २१ साउन २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =