काठमाडौँ- स्वयम्भूमा सोमबार (आज)देखि एक महिनासम्म लाग्ने मेला सुरु भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका निम्ति आउने भक्तजनको संख्या बढ्ने अपेक्षा गरेको छ।
प्राचीन सम्पदास्थलका चैत्य र विभिन्न भाग मर्मत एवं जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको संख्या बढ्ने अपेक्षा गरिएको हो।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको र सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए।
थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ।
प्रकाशित: २१ साउन २०८१ ७:२९
प्रतिक्रिया