नेपाल इरानसँग पराजित

हिमाल प्रेस २० साउन २०८१ १९:४४
40
SHARES
नेपाल इरानसँग पराजित

काठमाडौँ- काठमाडौँमा‌ जारी काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल इरानसँग पराजित भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो। खेल रोमाञ्चक भएको थियो ।

खेलमा इरान २५–१६, १६–२५, २५–२३, १५–२५, १५–१३ ले विजयी भयो।

त्यसअघि आइतबार नै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को‌ सोझो‌ सेटमा पराजित गर्‍यो। तेस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ।

श्रीलंकासहित भारत, नेपाल र इरान प्रतियोगिता सेमिफाइनल पुगेका छन्। लिग चरणका अन्तिम खेल सोमबार हुनेछ।

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्। राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच मंगलबार सेमिफाइनल हुनेछ।

फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिबल संघले जनाएको छ।

प्रकाशित: २० साउन २०८१ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast