‘दुई ठूला दलको सरकार भएकाले धेरैले निरंकुशता जन्मिने शंका गरेका छन्’

हिमाल प्रेस २० साउन २०८१ १६:२१
100
SHARES
‘दुई ठूला दलको सरकार भएकाले धेरैले निरंकुशता जन्मिने शंका गरेका छन्’ डा. शेखर कोइराला। फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सत्तागठबन्धनबाट निरंकुशता जन्मिने आशंका धेरैले गरेको बताएका छन्। पार्टी मुख्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा रहेकाले निरंकुशता जन्मिनेमा शंका भएको बताएका हुन्।

‘संसद्‌का दुई ठूला दल कांग्रेस र एमाले नै सरकारमा छन्।  दुई ठूला दल सरकारमा हुँदा धेरैलाई निरंकुशता जन्मिने त्यत्तिकै शंका छ,’ उनले भने, ‘गलत गरेको छ भने हामीले आवाज उठान सक्यौँ भने सरकार ठिक ट्रयाकमा हिँड्छ। सरकारमा रहेकाले कमजोरी गरेको देखे तत्कालै आवाज बुलन्द पार्नुपर्छ।’

उनले यहाँ पनि राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार निर्माण गरेको पनि बताए। ‘दुई ठूला दल मिलेर सरकार बनेको छ। यसको विकल्प छैन अब। यो सरकारलाई गल्ती गर्ने छुट पनि छैन’ उनले भने।

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी तयारी गर्नुपर्ने पनि बताए। ‘अब निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि अहिले नै पार्टीका हरेक तहका नेता कार्यकर्तालाई जिम्मेवारी दिएर संगठन मजबुद बनाउन नेतृत्वले ध्यान दिनुपर्छ।’

प्रकाशित: २० साउन २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =