सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच बढिरहेको छ : कमल थापा

हिमाल प्रेस २० साउन २०८१ १५:५९
38
SHARES
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच बढिरहेको छ : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ-  राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सीमित दलहरूको सिण्डिकेट खडा गर्ने षडयन्त्र अधिनायकवादी सोच भएको बताएका छन्।

‍‍समानुपातिक र समावेशितालाई नजरअन्दाज गरिए सह्यै नहुने थापाको भनाइ छ।

आइतबार पार्टीको काठमाडौँ-४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास सर्वसत्तावादी र अधिनायकवादी सोच भएको टिप्पणी गरे।

लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिडाइएको मार्गचित्र गलत भएको दाबी गरे। ‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ’, थापाको भनाइ छ।

प्रकाशित: २० साउन २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =