परराष्ट्र सचिव लम्साल ओमान जाँदै

हिमाल प्रेस २० साउन २०८१ १५:५१
12
SHARES
परराष्ट्र सचिव लम्साल ओमान जाँदै परराष्ट्र सचिव सेवा लम्साल।

काठमाडौँ- परराष्ट्र सचिव सेवा लम्साल साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै छिन्।

सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन्।  उनी यही साउन २५ गते स्वदेश फर्किनेछन्।

प्रकाशित: २० साउन २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =