जिल्लाको विकासको ध्यानाकर्षण गराउन कास्की कांग्रेसले भेट्यो राष्ट्रपतिसहित नौ मन्त्री

हिमाल प्रेस २० साउन २०८१ १५:०७
30
SHARES
जिल्लाको विकासको ध्यानाकर्षण गराउन कास्की कांग्रेसले भेट्यो राष्ट्रपतिसहित नौ मन्त्री

पोखरा-  नेपाली कांग्रेस कास्कीले राष्ट्रपतिसहित संघीय सरकारका नौजना मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ। कास्की कांग्रेसले राष्ट्रपतिसहित मन्त्रीहरूसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको सहसचिव नवीन सिग्देलले जानकारी दिए।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थलसहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो मंहगी बारेमा मन्त्रीहरूको ध्यानाकर्षण गराएको हो।

‘मन्त्रीहरूसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकता बारे सरकारको ध्यानाकर्षण पनि गरायौं,’ सभापति बरालले भने, ‘भेटघाट र छलफलले निकट भविष्यमा उपलब्धि प्राप्त गर्नेमा आशावादी छौं।’

नेपाली कांग्रेसका सहमहामन्त्री जीवनज परियार, केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापा, नेता सोभियत बहादुर अधिकारी, आनन्दराज मुल्मी लगायतको टोली भेटघाट र छलफलमा सहभागि भएको थियो।

टोलीले अर्थ, गृह, स्वास्थ्य, शिक्षा, पर्यटन, परराष्ट्र, उद्योग, शहरी विकास मन्त्रीसँग भेटघाट र छलफल गरेको थियो। त्यस्तै, टोलीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासँग पनि भेटघाट गरेको थियो।

प्रकाशित: २० साउन २०८१ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast