रानीपोखरीसँगैको दरबार हाइस्कुल

हिमाल प्रेस २० साउन २०८१ १३:५०
34
SHARES
रानीपोखरीसँगैको दरबार हाइस्कुल काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल। तस्बिर : रासस

काठमाडौँ– काठमाडौँको जमलमा रानीपोखरीसँगै दरबार हाइस्कुल छ। रानीपोखरी र दरबार हाइस्कुल २०७२ मा आएको भूकम्पले क्षति भएपछि पुनःनिर्माण गरिएको हो। वि.सं. १९१० मा खुलेको दरबार हाइस्कुल नेपालको सबैभन्दा पुरानो स्कुल मानिन्छ।

यो स्कुल काठमाडौँ महानगरपालिका-२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा छ। उक्त भवनमा दुईवटा विद्यालय सञ्चालनमा छन्। एउटा संस्कृत मावि र अर्को भानु मावि। भानु माविलाई दरबार हाइस्कुल भनेर चिनिन्छ।

स्थापनाकालमा दरबारका छोराछोरीलाई आधुनिक शिक्षा पठनपाठन गराउन खुलाइएको दरबार हाइस्कुलमा निकै पछि मात्रै सर्वसाधारणका छोराछोरीले पढ्न पाएका थिए।

प्रकाशित: २० साउन २०८१ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =