‘मनरो डक्ट्रिन’ बारे आफ्नाे भुल सच्याउन स्वर्णिमलाई बाबुरामकाे सुझाव

हिमाल प्रेस २० साउन २०८१ १२:४५
206
SHARES
‘मनरो डक्ट्रिन’ बारे आफ्नाे भुल सच्याउन स्वर्णिमलाई बाबुरामकाे सुझाव

काठमाडाैँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’ बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेलाई आफ्नो भुल सच्याउन सुझाव दिएका छन्।

डा‍‍.भट्टराईले ‘मनरो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भुल सच्याउन डा‍‍‌‌.वाग्लेलाई सुझाव दिएका हुन्।

सामाजिक सञ्जाल एक्समा विवादित अभिव्यक्ति बारेको एक समाचार लिंक सेयर गर्दै डा‍‍‍.भट्टराईले वाग्लेलाई सुझाव दिएका छन्।

‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन,’ डा.भट्टराईले लेखेका छन्,‘नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला !’

वाग्लेले के भनेका थिए?

रास्वपाद्वारा २०८० साल फागुन २१ गते ऊर्जा क्षेत्रको विषयमा आयोजित नीतिगत छलफलमा डा. वाग्लेले भनेका थिए, ‘सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल पनि भइराख्या छ। अब इन्डियाले यो होल गेममा हामी अवेर हुनुपर्छ। चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी उपयोग भएकोमा हामी लिँदैनौँ भनेर अब उसले भन्न पायो। आफ्नो स्वभरिनिटी च्वाइस पनि हो।’

डा. वाग्लेले ‘हाम्रो लेऊ भनेको पनि हुन सक्छ वा अब किन जानीजानी आफ्नो जियोपोलिटिकल राइबल लाई उठाउन दिने भन्ने पनि छ’ भनेका थिए। चीनसँग १४० अर्ब डलरको व्यापार गर्ने भारतले एकदुई करोडका आयोजनामा किन यसो गरेको होला भन्ने प्रश्न गर्दै वाग्लेले एउटा सन्देश दिन खोजेको हुन सक्ने पनि बताएका थिए। उनले भनेका थिए, ‘यसलाई साउथ एसियन मनरो डक्ट्रिन पनि भन्न सकिन्छ।’

१८२३ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मनरोले अमेरिकी कांग्रेसमा ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रलाई अमेरिकाको प्रभावक्षेत्रका रूपमा व्याख्या गरेका थिए। वाग्लेले भनेका थिए, ‘त्यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =