यस्ताे छ ‘देवी’ को टिजर

हिमाल प्रेस २० साउन २०८१ १०:५९
18
SHARES
यस्ताे छ ‘देवी’ को टिजर

काठमाडौँ- भदौ २१ गते तीजको अवसरमा  प्रदर्शन हुने भनिएकाे फिल्म ‘देवी’ को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ३० सेकेण्ड टिजरमा समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरिएको छ।

फिल्म क्राइम थ्रिलर जनरामा बनेकाे छ। फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्मकाे कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। भने पटकथामा पनि यि दुवैकाे सहकार्य छ।

 ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो। नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्।

प्रकाशित: २० साउन २०८१ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =