काठमाडौँ- फ्रान्समा जारी पेरिस ओलम्पिकमा चीनले सबैभन्दा बढी स्वर्ण हात पारेको छ।
हालसम्म चीनले ३७ पद जित्दा १६ स्वर्ण, १२ रजत र ९ कास्य जितेको छ। दोस्रोमा अमेरिकाले ६१ पदक जितेको छ। जहाँ अमेरिकाले १४ स्वर्ण जित्दा २४ रजत र २३ कास्य हात पारेको छ। तेस्रोमा फ्रान्सले १२ स्वर्ण, रजत १४ र कास्य १५ जितेको छ। अस्ट्रेलियाले जम्मा २७ पदक जित्दा १२ स्वर्ण ८ रजत र ७ कास्य जितेको छ।
पाँचौँमा ग्रेट ब्रिटेनले ३३ पदक जित्दा १० स्वर्ण र १० नै रजत र १३ कास्य र कोरियाले २१ पदक जित्दा ९ स्वर्ण, ७ रजत र ५ कास्य हात पारेको छ। हालसम्म ३२ देशले स्वर्ण जितेको छ भने हाल ५७ देशले पदक जितेका छन्।
प्रकाशित: २० साउन २०८१ ७:२४
प्रतिक्रिया