अमेरिकी राष्ट्रपति र प्रथम महिलाद्वारा वायनाड पहिरोमा परी ज्यान गुमाउनेप्रति समवेदना प्रकट

हिमाल प्रेस १९ साउन २०८१ १६:२१
8
SHARES
अमेरिकी राष्ट्रपति र प्रथम महिलाद्वारा वायनाड पहिरोमा परी ज्यान गुमाउनेप्रति समवेदना प्रकट

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतको केरला राज्यस्थित वायनाडमा गएको पहिरोमा तीन सय बढीको ज्यान गएकोमा भारतप्रति समवेदना व्यक्त गरेका छन्।

‘जिल र म भारतको केरला राज्यमा भएको घातक पहिरोबाट प्रभावित सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं,’ ह्वाइट हाउसले एक आधिकारिक विज्ञप्तिमा भनेको छ।

यस कठिन समयमा आफूहरू भारतीय जनताको साथमा रहेको वाइडेनद्वयले बताएका छन्। ‘हामी शोक संताप्त परिवारजनमा धैर्य धारणा गर्ने सामर्थ्य मिलोस् भनी प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ। यस कठिन समयमा हामी भारतीय जनताको साथमा छौँ,’ ह्वाइट हाउसले भनेको छ।

लगातारको वर्षापछि जुलाई ३० मा वायनाड जिल्लास्थित मेप्पडीको पहाडी क्षेत्रमा गएको पहिरोमा २१० जनाको शव फेला परेको छ। ज्यान गुमाउनेमध्ये हालसम्म १४६ जनाको मात्र शव पहिचान भएको छ।

घाइते भएकामध्ये १८७ व्यक्तिलाई अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीहरूले शुक्रबार बताएका छन्।–रासस

प्रकाशित: १९ साउन २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast