पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोग गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

हिमाल प्रेस १९ साउन २०८१ १५:२८
10
SHARES
पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोग गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण क्षमताका साथ उडान गराउन सरकार प्रयासरत रहेको बताएका छन्।

उनले दुवै विमानस्थलबाट पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानका लागि कार्यदल गठन भएको जानकारी दिएका हुन्।

‘हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषदको बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौँ,’प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जानकारी दिएका छन्।

उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घटने उल्लेख गरेका छन्।
ओलीले विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरूसँग अनुरोधसमेत गरेका छन्।

प्रकाशित: १९ साउन २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =