राप्रपाको कार्ययोजना : मन वचन र कर्म लिएर हिन्दु राज्य निर्माणमा लाग्ने

हिमाल प्रेस १९ साउन २०८१ १४:१८
10
SHARES
राप्रपाको कार्ययोजना : मन वचन र कर्म लिएर हिन्दु राज्य निर्माणमा लाग्ने

काठमाडौँ- राप्रपाले ‘मन वचन र कर्म’एकत्रित गरेर हिन्दु अधिराज्य पूनःस्थापना गर्न लाग्ने कार्ययोजना बनाएको छ। यही लक्ष्य प्राप्त गर्न राप्रपाले काठमाडौं उपत्यका केन्द्रित संगठन विस्तार कार्ययोजना जारी राखेको हो।

‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं। मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौं,’ राप्रपा महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले कीर्तिपुर नगर तहको संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गरेका थिए।

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको, युवा दस्तालाई केन्द्रमा राखेको उनले स्पष्ट गरे।

महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसंगति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको संकट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात गर्नुपर्ने बताइन्। नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म सँस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले नयाँ नेपाल बनाउँछु भन्ने समाजवादी, साम्यवादी र कथित लोकतन्त्रवादीहरुले देशलाई धुजाधुजा पारेको, प्रजातान्त्रिक नियन्त्रण सन्तुलन ध्वस्त बनाएको र लाज पचाएर जनतालाई ढाँटेको भन्दै दुख व्यक्त गरे।

प्रकाशित: १९ साउन २०८१ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =