यसरी चल्दैछ रास्वपाको बन्द कार्यशाला

हिमाल प्रेस १९ साउन २०८१ १०:४९
14
SHARES
यसरी चल्दैछ रास्वपाको बन्द कार्यशाला राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न गोप्य कार्यशाला (क्लोज क्याम्प) मा सहभागी सभापति रवि लामिछानेलगायत। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको कार्यशाला बिहानैदेखि चलिरहेको छ। आज कार्यशालामा हिजो (शुक्रबार) दिनभर भएको छलफललाई निष्कर्षमा पुर्‍याउन ६ वटै समूहलाई समय दिइएको छ। सबै समूहरूलाई एक-एक घण्टा समय दिइएको छ।

विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसीपरक्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहका संयोजक वा सचिवले छलफलको निष्कर्ष प्रस्तुत गरिरहेका छन्। समूह संयोजकमा विचार समूहको शिशिर खनाल, संगठन विभागको डा. भरतमणि देवकोटा, अभियान विभागको क्रान्तिशिखा धिताल, मूल्य–मान्यता खुस्बुसरकार श्रेष्ठ, लिडरसीपरक्यान्डिडेट क्लबको अतिन्द्र दाहाल छन्।

महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेस गर्न भनिएको छ। समूहबाट आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने रास्वपा स्रोतले जनाएको छ। महाधिवेशनको मिति प्रस्ताव गर्दै कार्यशाला आज साँझ सकिने छ।

हिजो दिनभर समूहगत रूपमा विषय केन्द्रित भएर छलफल भएको थियो। छलफलबाट आएका निष्कर्ष र प्रस्तावलाई एकीकृत गरी प्रतिवेदनका रूपमा केन्द्रित समितिमा लगेर थप छलफल लगिने रास्वपा सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। ‘यो कार्यशालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ गर्ने गरी योजना बनाउन सहयोग गर्ने छ।’ उनले भनिन्।

प्रकाशित: १९ साउन २०८१ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast