‘होस्टेल ३’ मा अनुबन्धित भए ‘माग्ने बुढा’का छोरा ‘धुन्धुकारि’

हिमाल प्रेस १९ साउन २०८१ १०:३२
10
SHARES
‘होस्टेल ३’ मा अनुबन्धित भए ‘माग्ने बुढा’का छोरा ‘धुन्धुकारि’

काठमाडौँ- नेपाली फिल्म ‘होस्टेल ३’ले बन्ने भएको छ। भदौ २१ गते छायाँकनमा जान लागेको फिल्म आगामी फागुन १६ गते प्रदर्शनमा आउने छ।

यसअघि प्रमुख भूमिकामा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। अब यो फिल्ममा आशिष घिमिरे पनि हुनेछन्। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन्।

आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृंखला ‘मेरी बास्सै’मा आफ्नै पिता सँग ‘धुन्धुकारि’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृंखलामा निकै चर्चित थिए।

होस्टेल ३ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यसका कार्यकारी निर्माता शंकर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

प्रकाशित: १९ साउन २०८१ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =