प्रधानमन्त्रीले गरे क्यान पदाधिकारीसँग छलफल, क्रिकेट मैदानमा चासो

हिमाल प्रेस १९ साउन २०८१ ९:४०
4
SHARES
प्रधानमन्त्रीले गरे क्यान पदाधिकारीसँग छलफल, क्रिकेट मैदानमा चासो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल गरेका छन्। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतसँग क्रिकेटका कुरा भएको प्रधानमन्त्री ओलीले सामाजिक सन्जालमार्फत जनाएका छन्।

आफ्नो नेतृत्वमा सरकार बनेसँगै ओलीले पहिलो निर्णय नै ३०० दिनभित्र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने गरेका थिए।
सोही विषयमा कसरी छोटो समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

प्रकाशित: १९ साउन २०८१ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =