फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

हिमाल प्रेस १८ साउन २०८१ १८:११
14
SHARES
फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

भक्तपुर– मध्यपुरथिमि नगरपालिका‐३ कौशलटारस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ।

अमिनिटी स्कुल नजिकै रहेको शंकर कटुवालको घरमा सञ्चालित फर्निचर उद्योगमा आगलागी भएको हो। आगलागीबाट दुई करोड ६० लाख रूपैयाँ बराबरको क्षति भएको छ प्रहरीले जनाएको छ।

नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

आगो भक्तपुर, काठमाडौँ र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो।

प्रकाशित: १८ साउन २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =