स्क्रब टाइफस : गोरखामा १६ दिनमा ४९ जना सङक्रमित

हिमाल प्रेस १८ साउन २०८१ १८:०५
स्क्रब टाइफस : गोरखामा १६ दिनमा ४९ जना सङक्रमित

काठमाडौँ- स्क्रब टाइफसबाट जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टी भइसकेको छ।

सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङकमा उल्लेख छ। १६ दिन यता गोरखा र पालुङटार नगरपालिकको १४–१४ जनामा स्क्रब टाइफस पुष्टी भएको छ। यसैगरी भिमसेनथापा गाउँपालिकाको २ जनामा पनि संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ।

गत आव जिल्लाभर १६३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। गतवर्ष सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ८५ जनामा यो संक्रमण पुष्टी भएको थियो। यस्तै, गोरखा नगरपालिकाको ६२, भिमसेनथापा गाउँपालिकाको ११ र पालुङटार नगरपालिकाको १ जनामा संक्रमण पुष्टी भएको थियो।

स्क्रब टाइफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरु बताउँछन्। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।

खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँसम्म बुट लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, मुसा नियन्त्रणको लागि उपयु क्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने र स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गए संक्रमण रोकथाम गर्न सक्ने बताइएको छ। साउन यता डेङ्गुबाट भने जिल्लाभर ३५ जना संक्रमित भएको स्वास्थ्य कार्यालयको भनाइ छ।

प्रकाशित: १८ साउन २०८१ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =