कामु प्रधानसेनापतिविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

हिमाल प्रेस १८ साउन २०८१ १७:५८
20
SHARES
कामु प्रधानसेनापतिविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ- कामु प्रधानसेनापति नियुक्त भइसकेका बलाधिकृत रथी अशोकराज सिग्देलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ। यसअघि साउन १३ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दरपिठ गरिदिएका थिए। उक्त दरपिठ इजलासले पनि सदर गरेको छ। योसँगै अब रिट नलाग्ने भएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल भन्ने युवराज पौडेलले सिग्देलको जन्म मितिमा कैफियत रहेको दाबी गर्दै रिट लिएर पुगेका थिए। सर्वोच्च प्रशासनबाट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध उनीहरूले इजलासमा निवेदन दिएका थिए।

उक्त निवेदनपछि न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार दरपीठको निर्णय नै सदर गरिदिएको हो।

प्रकाशित: १८ साउन २०८१ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =