काभा महिला भलिबलमा श्रीलंकामाथि इरानको रोमान्चक जित

हिमाल प्रेस १८ साउन २०८१ १७:४९
2
SHARE
काभा महिला भलिबलमा श्रीलंकामाथि इरानको रोमान्चक जित

काठमाडौँ- काभा महिला नेसन्स भलिबल लिगमा इरानले पहिलो जित निकालेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा इरानले श्रीलंकामाथि ३-२ को जित निकालेको हो। पहिलो र दोस्रो सेटमा जित हात पारेको इरान तेस्रो र चौथो सेट भने गुमाउन पुगेको थियो।

पहिलो सेट इरानले २५-२० र दोस्रो सेट २५-१२ ले जितेको थियो। तर, इरान तेस्रो सेटमा २२-२५ र चौथोमा १३-२५ ले श्रीलंकासँग हारेको थियो। पाँचौँ तथा निर्णायक सेटमा भने इरानले श्रीलंकामाथि १५-११ को जित निकालेको हो। जितसँगै इरानले दुई खेलबाट २ अंक जोडेको छ। नेपाल र इरानसँग पराजित श्रीलंकाको १ अंक छ।

इरान पहिलो खेलमा भारतसँग ३-१ को सेटमा पराजित भएको थियो।श्रीलंका भने पहिलो खेलमा घरेलु टिम नेपालसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।

प्रकाशित: १८ साउन २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =