प्रतिनिधिसभाको बैठक एक दिन पछि सर्‍यो

हिमाल प्रेस १८ साउन २०८१ १७:२२
6
SHARES
प्रतिनिधिसभाको बैठक एक दिन पछि सर्‍यो संसद् बैठक । फाइल तस्बिर

काठमाडौँ– प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ।

यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

सचिवालयद्वारा बैठक बस्ने दिन र समय परिवर्तनसम्बन्धी जारी सूचनामा आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन सो समयमा सभाको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १८ साउन २०८१ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =