सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

हिमाल प्रेस १८ साउन २०८१ १७:११
56
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा दीर्घ सोडारी, मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ  सोडारीले शुक्रबार राजीनामा दिएका छन्। विश्वासको मत लिने प्रयोजनसहित शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन्। उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गत असार २० गतेदेखि अल्पमतमा थिए।

३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिन लागेका थिए। आफ्नो पक्षमा विश्वासको मत नपुग्ने भएपछि उनले राजीनामा दिएको बताइएको छ। सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: १८ साउन २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =