झर्ना गेस्ट हाउसमा युवकयुवती मृत फेला

हिमाल प्रेस १८ साउन २०८१ १६:५४
22
SHARES
झर्ना गेस्ट हाउसमा युवकयुवती मृत फेला

काठमाडौँ-  काठमाडौँ महानगरपालिका-९ को शम्भुमार्गको झर्ना गेस्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन्। शुक्रबार गेस्ट हाउसको कोठा नम्बर ४०२ मा एक महिला र एक पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

होटलका प्रतिनिधिले खाना खाने या नखाने भनेर बुझ्न जाँदा लामो समयसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। अधिकारीले होटल सञ्चालकले प्रहरीलाई दिउँसो १ बजे खबर गरेको बताए।

प्रहरी पुगेपछि ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरुष झुन्डिएको अवस्थामा भेटिएको हो। मृतक पुरुष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की भएको खुलेको छ। उनीहरू गत असार १५ गतेदेखि उक्त कोठामा बस्दै आएका थिए।

‘होटलवालाले खबर गरेपछि प्रहरी पुगेर हेर्दा दुवैजना मृत अवस्थामा भेटिएको हो,’ अधिकारीले भने, ‘घटना कसरी भयो, किन भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।’

प्रकाशित: १८ साउन २०८१ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =