जनताको स्वास्थ्यमाथि खेलबाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन

हिमाल प्रेस १८ साउन २०८१ १५:१९
10
SHARES
जनताको स्वास्थ्यमाथि खेलबाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन रामनाथ अधिकारी

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन्।

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए। खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उहाँले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए।

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीय सम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए। मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए।

प्रकाशित: १८ साउन २०८१ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =