रास्वपाका ५० नेता क्लोज क्याम्पमा

हिमाल प्रेस १८ साउन २०८१ १०:३८
6
SHARES
रास्वपाका ५० नेता क्लोज क्याम्पमा

काठमाडाैँ- पदाधिकारी र नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि आजबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा `क्लोज क्याम्प´ सुरु भएको छ।

पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

क्याम्पलाई ६ समूहमा विभाजन गरिएको छ। जसमा विचार, संगठन, मूल्य-मान्यता, संसदीय मामिला,  Leadership Academy/Candidate Club र  अभियान छन्।

क्लोज क्याम्प दुई दिनसम्म चल्नेछ। साउन १० गते बसेको बैठकले क्लोज क्याम्प गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १८ साउन २०८१ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =