हेटौँडा उपमहानगर न्यायिक समितिद्वारा १८३ मुद्दा फर्स्योट

हिमाल प्रेस १८ साउन २०८१ १०:१८
10
SHARES
हेटौँडा उपमहानगर न्यायिक समितिद्वारा १८३ मुद्दा फर्स्योट

मकवानपुर- हेटौँडा उपमहानगरपालिकामा गठित न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा १८३ मुद्दा फर्स्योट गरेको छ।

उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता भएका १५२ र अघिल्लो आवबाट सरेर आएका ८० गरी ३३२ मुद्दामध्ये १८३ टुंगो लगाएको हो।

दर्ता भएकामध्ये ३९ वटालाई निरुपणका लागि अदालत जान सिफारिस भएको छ भने २७ वटा समितिमा विचाराधीन छन्। स्थानीय तहका मुद्दा स्थानीय निकायमा मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ।

उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई मानाचामल, सम्बन्धविच्छेद, जग्गा विवाद, घरभाडा, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायत विवाद समाधान गर्ने अधिकार छ।

समितिमा जग्गा विवाद, घर निर्माण किचलो, लेनदेन, बाली नोक्सानी, घरभाडा, मजदुरको ज्यालालगायत विषयमा बढी उजुरी परेका उपप्रमुख बानियाँले बताए। आव २०७९/८० मा समितिले १२७ वटा उजुरीमा मिलापत्र गराएको थियो।

प्रकाशित: १८ साउन २०८१ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =