झापामा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

हिमाल प्रेस १८ साउन २०८१ ९:१९
8
SHARES
झापामा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु प्रतिनिधिमूलक तस्बिर

झापा- हल्दिबारीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। हल्दिबारी-५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका-५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका-१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।

प्रकाशित: १८ साउन २०८१ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =