एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, कसलाई के? (सूचीसहित)

हिमाल प्रेस १७ साउन २०८१ २१:१८
48
SHARES
एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, कसलाई के? (सूचीसहित)

काठमाडौँ- नेकपा एमालेले जिम्मेवारीहरू हेरफेर गरेको छ। आज (बिहीबार) बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन, मनोनयन र प्रदेश इन्चार्जहरू हेरफेर गरेको हो।

बैठकले सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा र रघुवीर महासेठलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ। विष्ट, भट्टराई, विश्वकर्मा र महासेठ चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीतिअनुसार इन्चार्जबाट हटाइएको बताइएको छ।

सचिवद्वय पद्मा अर्याल र लेखराज भट्टबाहेक अरू प्रदेश इन्चार्ज एमालेले तोकेको हो। अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज छन्। बाँकी प्रदेशहरूमा एमालेले नयाँ इन्चार्ज तोकेको छ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्। यसअघि कोशीमा महासेठ, मधेशमा भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा विष्ट इन्चार्ज थिए।

यस्तै बैठकले जिल्ला, निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाँटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी पनि तोकेको छ।

प्रकाशित: १७ साउन २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =