युवा दिवस मनाउन खेलकुदमन्त्रीको अध्यक्षतामा आयोजक समिति

हिमाल प्रेस १७ साउन २०८१ १८:३३
18
SHARES
युवा दिवस मनाउन खेलकुदमन्त्रीको अध्यक्षतामा आयोजक समिति

काठमाडौँ- अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मूल समारोह आयोजक समिति गठन गरिएको छ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलपछि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन गरिएको हो।

समितिमा राष्ट्रिय युवा परिषद्का पदाधिकारी, विभिन्न युवासम्बन्धी संघसंघका प्रतिनिधि लगायतलाई समावेश गरिएको छ। दिवसका अवसरमा अन्तक्रिया, वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रमको आयोजना गर्ने आयोजक समितिले जनाएको छ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले अन्तर्राष्ट्रिय युवा दिवसलाई जागरणको रूपमा मनाउनुपर्ने धारणा राखे। उनले विदेशमा रहेका लाखाँै युवाहरूलाई स्वदेश फर्काउने अवस्था सिर्जना गर्न सके युवा दिवसले सार्थकता पाउने उल्लेख गरे।

त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अन्तर्राष्ट्रिय युवा दिवसलाई सातै प्रदेशमा, सबै निकायमा आफ्नै मौलिकताका साथ सप्ताहरूपमा मनाउने बताए। दिवससँगै साउन २८ र २९ गते राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको उनले जानकारी दिए।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।

प्रकाशित: १७ साउन २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast