त्रिशूलीमा अझै बेपत्ता छन् पूर्वगृहमन्त्री घिमिरेसहित ५५ यात्रु

हिमाल प्रेस १७ साउन २०८१ १८:०८
172
SHARES
त्रिशूलीमा अझै बेपत्ता छन् पूर्वगृहमन्त्री घिमिरेसहित ५५ यात्रु फाइल तस्बिर।

काठमाडौँ- त्रिशूली नदीमा गत आठ वर्षमा पूर्व गृहमन्त्रीसहित ५५ यात्रु हराएका छन्। नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन्। ती सवारीसाधनमा सवार पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित ५५ यात्रु भेटिएका छैनन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आथिर्क वर्ष २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार वटा, २०७५/७६ मा चार वटा सवारीसाधन हराएका छन्। त्यस्तै, आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७९/८० मा एक-एक तथा २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा खसेका थिए।

त्रिशूलीमा खसेका सवारी साधानमा सवार आर्थिक वर्ष २०७३/७४ मा १४ जना, २०७८/७९ मा चार जना र २०८०/८१ मा ३७ जना हराएका हुन्। यो अवधिमा ६६ वटा सवारी साधन दुर्घटना भएका छन्। आर्थिक २०७३/७४ देखि २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुई वटा अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ।

पछिल्लो पटक पहिरोले बगाउँदा दुई वटा यात्रुबाहक बस त्रिशूलीमा हराइरहेका छन्। दुवै बसमा सवार ३७ यात्रु पनि भेटएका छैनन्।

प्रकाशित: १७ साउन २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =