योगेश भट्टराई बने एमाले संसदीय विभाग प्रमुख

हिमाल प्रेस १७ साउन २०८१ १७:४०
36
SHARES
योगेश भट्टराई बने एमाले संसदीय विभाग प्रमुख

काठमाडौँ- नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभागको जिम्मेवारी दिएको हो।

यसअघि उनी मधेश प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए। उनको ठाउँमा लीलामणि श्रेष्ठ मधेश प्रदेश इन्चार्जमा मनाेनित भएका छन्।

एमाले सचिवालय बैठकले पार्टीका पाँच जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ।

भट्टराईसँगै सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठ, छबिलाल विश्वकर्मा र गुरुप्रसाद बराललाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएका छन्।

बराल पार्टी उपाध्यक्षमा बढुवा भएकाले प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएको बताइएको छ। पाँच जना सचिवहरू प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएपनि पद्मा अर्याल र लेखराज भट्ट भने यथावत रहेका छन्।

अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेशका इन्चार्ज रहेका छन्।

प्रकाशित: १७ साउन २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =