काभा महिला नेसन्स लिग : नेपालको विजयी सुरुवात

हिमाल प्रेस १७ साउन २०८१ १७:२८
56
SHARES
काभा महिला नेसन्स लिग : नेपालको विजयी सुरुवात

काठमाडौँ- घरेलु टोली नेपालले काभा महिला नेसन्स लिगमा विजयी सुरुवात गरेको छ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो।

पहिलो सेट नेपालले २५-१९ ले आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेटमा नेपाल २५-१८ ले अगाडि रह्यो। एक समय २-४ ले पछि परेको नेपालले लगातार ६ अंक जोडेको थियो। तेस्रो सेटमा नेपाल २५-१९ ले विजयी भयो। १२-१५ ले पछि परेको अवस्थाबाट लगातार सात अंक जोड्दै नेपाल खेलमा फर्किएको थियो।

जितसँगै नेपालले तीन अंक जोडेको छ। नेपालले अब शनिबार भारतको सामना गर्नेछ।

प्रकाशित: १७ साउन २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =