‘सतीदेवी’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १७ साउन २०८१ १७:२५
34
SHARES
‘सतीदेवी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ६ सेकेन्डको ट्रेलरमा छोरीको हुनुको पीडालाई देखाइएको छ। फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छ्न्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ।

फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ।

आगामी साउन ४ गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन।फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीले लगानी गरेका छ्न। बाबु श्रेष्ठको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

यस्तो छ ट्रेलर

प्रकाशित: १७ साउन २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =