खोसियो एमालेका पाँच सचिवहरूको प्रदेश इन्चार्जको जिम्मेवारी

हिमाल प्रेस १७ साउन २०८१ १७:०७
430
SHARES
खोसियो एमालेका पाँच सचिवहरूको प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडाैँ- नेकपा एमालेले पार्टी सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा र रघुवीर महासेठलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ।

बिहीबार हनुमानथानस्थित बसेरा होटलमा बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई प्रदेश इन्चार्जको जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो।

विष्ट, भट्टराई, विश्वकर्मा र महासेठ चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीतिअनुसार इन्चार्जबाट हटाइएको एक नेताले जानकारी दिए। उनीहरूलाई जिम्मेवारीबाट हटाएसँगै एमाले सचिवालय बैठकले प्रदेश इन्चार्जहरू तोकेको छ।

सचिवद्वय पद्मा अर्याल र लेखराज भट्टबाहेक अरू प्रदेश इन्चार्ज एमालेले तोकेको हो।

अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन्। बाँकी प्रदेशहरूमा एमालेले नयाँ इन्चार्ज तोकेको छ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्।

यसअघि कोशीमा महासेठ, मधेशमा भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा विष्ट इन्चार्ज थिए।
बराल पार्टी उपाध्याक्षमा मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटेका हुन्।

प्रकाशित: १७ साउन २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =