कानुन बेगर मुद्दा चल्दैन : गृहमन्त्री लेखक

हिमाल प्रेस १७ साउन २०८१ १५:३०
6
SHARES
कानुन बेगर मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले कानुन बेगर मुद्दा नचल्ने कोहीमाथि मुद्दा नचल्ने बताएका छन्। बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उनले यस्तो बताएका हुन्।

लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउँदै लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने प्रस्ट पारे।

‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा कानुन बेगर चल्छ? रहरमा मुद्दा चल्दैन, कसैको चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम छल्छ भन्ने मेरो आग्रह छ,’ उनले भने,‘कुनै मुद्दा चलेको छ भने छुट्नु पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो। उनले भने,‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु, समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु।’

गृहमन्त्री लेखकले कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको बताए। ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ। कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ, तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,’ उनले भने,‘जुन पदको सरुवाको कुरो छ, उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ, किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु प¥यो। राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?’

लेखकले यो प्रक्रियालाई सामान्य रूपमा लिन आग्रहसमेत गरे।

 

प्रकाशित: १७ साउन २०८१ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =