काठमाडौँ महानगरले यसरी गर्दैछ बालविकास शिक्षामा सुधार

हिमाल प्रेस १७ साउन २०८१ १५:४५
3.9k
SHARES
काठमाडौँ महानगरले यसरी गर्दैछ बालविकास शिक्षामा सुधार काठमाडौँ महानगरपालिकाअन्तर्गत पशुपति मित्र माविको बालविकास कक्षा।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रारम्भिक बालविकास शिक्षामा सुधार सुरु गरेको छ। महानगरले महानगरभित्रका हरेक बालविकास केन्द्रमा सुधार सुरु गरेकाे हाे।

महानगरका शिक्षा विभाग अधिकारी इन्द्रप्रसाद दाहालले बालविकास केन्द्र सुधारका लागि बजेट पठाइएकाे बताए। उनले भने,‘यो वर्षदेखि बालविकास केन्द्रमा झन् परिवर्तन हुन्छ। बालबालिकालाई बस्ने, खाने, खेल्ने ठाउँ भित्रै भए पनि बनाउँदै छौं।’

विद्यालयमा खाजा बनाउन कुकको व्यवस्था गरिने शिक्षा अधिकृत दाहालले जानकारी दिए।  काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेर सहजकर्तालाई तालिम दिएको उनले बताए।

महानगरभित्रका बालविकास सहजकर्ताहरूले मासिक २० हजार रुपैयाँ तलब पाउँछन्।

प्रकाशित: १७ साउन २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =