राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर र टीका लगाएर फोटो खिच्न पाइने

हिमाल प्रेस १७ साउन २०८१ ९:५३
56
SHARES
राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर र टीका लगाएर फोटो खिच्न पाइने

काठमाडौँ- राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।

यसअघि सिन्दूर, टीका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित: १७ साउन २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =