काठमाडौँ- नेकपा एमालेले जिम्मेवारीमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। पार्टीले गतवर्ष असारमा नेताहरूलाई एकै पटक साविक भूगोल र विभागमा भन्दा फरक भूगोल र विभागमा जिम्मेवारी दिएर पठाएको थियो।
जेठ महिनासम्ममा जिल्ला वा सो भन्दा मुनीका सबै कमिटीहरुको अधिवेशन गरिसक्नु पर्ने कार्यादेश सहित फरक भूगोलमा खटाइएका नेताहरुलाई आज पुरानै भूगोलमा फर्काउने तयारी छ।
सचिवालयका एक नेताका अनुसार सचिवालयको अघिल्लो बैठकले नै नेताहरुको जिम्मेवारी हेरफेरको सूची बनाइसकेको छ।
तर यसैबीचमा पार्टी सरकारमा गएको र मन्त्री भएका नेताहरूलाई भूगोल र विभागको जिम्मेवारीबाट अलग गर्ने नीति लिइएकोले उक्त विषयमा निर्णय गर्न केही ढिलाइ भएको थियो।
प्रकाशित: १७ साउन २०८१ ९:२८
प्रतिक्रिया