संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन कार्यदलको बैठक जारी

हिमाल प्रेस १७ साउन २०८१ ८:३५
10
SHARES
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन कार्यदलको बैठक जारी सिंहरदरबारमा बसेको सहमतिको नजिक पुग्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको कार्यदलको बैठक।

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो।

बैठकमा कांग्रेसका तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरासिया लगायत सहभागी छन्।

बैठकमा टीआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल भइरहेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ।

 

प्रकाशित: १७ साउन २०८१ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =