मुख्यालय डुबेपछि एमालेले सार्‍यो सचिवालय बैठक बस्ने स्थान

हिमाल प्रेस १७ साउन २०८१ ७:०९
10
SHARES
मुख्यालय डुबेपछि एमालेले सार्‍यो सचिवालय बैठक बस्ने स्थान केपी ओली

काठमाडौँ- नेकपा एमालेको मुख्यालय च्यासल बाढीले डुबेपछि सचिवालय बैठक बस्ने स्थान सरेको छ।

आज बस्ने बैठक सिंहदरबार नजिककैको होटल बसेरामा बस्ने एमाले स्रोतले जनाएको छ। बुधबार रातिको बर्षासँगै आएको बाढीले एमाले मुख्यालय डुबानमा परेको छ। यसैले बैठक स्थल सारेको हो।

केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो। गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: १७ साउन २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =