झापामा एक हजार एक सय १० उद्योग दर्ता

हिमाल प्रेस १७ साउन २०८१ ६:५७
2
SHARE
झापामा एक हजार एक सय १० उद्योग दर्ता सांकेतिक तस्बिर

झापा- आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन्।

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी रु तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ।

उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व संकलन गरेको छ । आव २०७९/८० मा  एक करोड ८० लाख छ हजार संकलन भएको थियो।

प्रकाशित: १७ साउन २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast