नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

हिमाल प्रेस १७ साउन २०८१ ६:५२
10
SHARES
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट- कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ। नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । ‘बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ’, उनले भने, ‘दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ।’

बाढीको कारण स्यानीय समाजसेवी जनक ढुंगानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुंगे पुलमा पनि क्षति भएको छ। पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए। ‘प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ।’

प्रकाशित: १७ साउन २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast