१७ लाखले हेरे ‘रावायण’ को ट्रेलर

हिमाल प्रेस ९ भदौ २०८१ १५:४६ | Sunday, August 25, 2024
१७ लाखले हेरे ‘रावायण’ को ट्रेलर

काठमाडौँ- आगामी भदौ २१ गते प्रदर्शन हुने फिल्म ‘रावायण’ को ट्रेलर यतिबेला युट्युबको फिल्मतर्फ ट्रेन्डिङ एकमा छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरले समाचार तयार पार्दासम्म १७ लाख बढि भ्युज पाएको छ। भने करिब ६ हजार दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। अधिकांश दर्शकले फिल्मको एक्सन, साउन्डलाई अन्तर्राष्ट्रिय स्तरको भन्दै फिल्म हेर्न उत्सुक रहेको लेखेका छन्।

तीन मिनेट ३ सकेन्डको एक्सनप्रधान ट्रेलरमा रावणको प्रेम र द्वन्द्वको कथा प्रस्तुत गरिएको छ। फिल्मका मुख्य कलाकार अभिनेत्री पूजा शर्मा संचारकर्मीको भूमिकामा देखाइएकी छन् भने पल शाह दोहोरो चरित्रमा छन्।

निर्देशक सुदर्शन थापा फिल्मकी निर्माता अभिनेत्री पुजा शर्मा हुन्। सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको छ।

फिल्ममा पल र पूजासहित प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्त श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।

प्रकाशित: ९ भदौ २०८१ १५:४६ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast