‘१२ गाउँ’ को टिजरमा बदलाको कथा

हिमाल प्रेस ३२ साउन २०८१ १६:४८ | Friday, August 16, 2024
‘१२ गाउँ’ को टिजरमा बदलाको कथा

काठमाडौँ-  विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ। टिजर बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु भएको एक मिनेट २१ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार समीर भट्ट एक्सन भूमिकामा देखिएका छन्। यो उनको डेब्यु फिल्म हो। टिजरअनुसार फिल्म बदलाको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ।

फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्। फिल्ममा अन्य कलाकार मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शन हुने फिल्म विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको हो। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

फिल्म स्टन्ट सिल्भा शंकर महर्जनको भारतीय द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको छ। काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्मका छायाकार महेश पौडेल हुन्।

प्रकाशित: ३२ साउन २०८१ १६:४८ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast