हावाहुरीका कारण झापामा क्षति

हिमाल प्रेस २ भदौ २०८१ ८:५४ | Sunday, August 18, 2024
हावाहुरीका कारण झापामा क्षति प्रतिनिधिमूलक तस्बिर।

झापा- शनिबार राति आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रूखहरू समेत ढलेको प्रहरीले जनाएको छ। क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए।

उनका अनुसार राजमार्गमा ढलेको रूखहरू राति नै जेसीबी लगाएर पन्छाइएको छ। चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रूख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ।

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए। कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनको भनाइ छ।

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ।

प्रकाशित: २ भदौ २०८१ ८:५४ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast