हलमा ‘बुलाकी’

हिमाल प्रेस ३२ साउन २०८१ १६:२३ | Friday, August 16, 2024
हलमा ‘बुलाकी’

काठमाडौँ-  फिल्म बुलाकी’ शुक्रबारदेखि हलमा पुनः प्रदर्शन भइरहेको छ। २०८० वैशाख १ मा प्रदर्शन गरिएको थियो। न्युन सो पाएको भन्दै निर्माण टिमले दोस्रो दिन हलबाट उतारेका थिए।

पुनः प्रदर्शनमा पनि फिल्मले हलमा न्युन साे पाएकाे छ। शुक्रबार उपत्यकाको क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमा, वान सिनेमाज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘बुलाकी’काे सो छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म कर्णाली भेगको जारी प्रथा, संस्कृति र जीवन शैलीसँग सम्बन्धित छ। फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटालगायत कलाकारको अभिनय छ। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन्।

यो सँगै हलमा हिन्दी र अंग्रेजी स्त्री २, खेल खेल मे, ब्ल्याक पिंक र डेडपूल एण्ड वुल्भरिन प्रदर्शनरत छ।

प्रकाशित: ३२ साउन २०८१ १६:२३ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast