काठमाडौँ- जीवन सिंहको निर्देशनमा फिल्म ‘हन्टर’ बन्ने भएको छ। निर्माण टिमले श्रीकृष्ण जन्माष्टमीको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरेका हुन्।
सुदूरपश्चिमको कथामा बन्न लागेको फिल्ममा अरुण क्षेत्री मुख्य भूमिकामा देखिनेछन्। यसअघि उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत फिल्म खेलिसकेका छन्। अन्य कलाकारबारे केही दिनपछि गर्ने निर्माण टिमको तयारी छ।
क्याच कुक इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ।
प्रकाशित: १० भदौ २०८१ १३:३७ | Monday, August 26, 2024
प्रतिक्रिया



