स्पष्टीकरण दिँदै रविलाई मुकुलको चुनौती : आँट भए पार्टी सभापतिबाट राजीनामा दिनुस्

हिमाल प्रेस ३१ साउन २०८१ ११:५४ | Thursday, August 15, 2024
स्पष्टीकरण दिँदै रविलाई मुकुलको चुनौती : आँट भए पार्टी सभापतिबाट राजीनामा दिनुस् मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यबाट किन नहटाउने भनि सोधिएको स्पष्टीकरण पत्रको जवाफ पठाएका छन्। बुधबार रास्वपाको बैठकपछि कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र लेखी ढकाललाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भनि प्रश्न गरेका थिए। आज ढकालले जवाफी पत्र लेख्दै सभापति रवि लामिछानेमाथि गम्भीर आरोपसहित चुनौती दिएका छन्।

उनले पार्टी आफ्नो कारणले नभई लामिछानेकै कारणले बद्‌नाम हुँदै गइरहेको पनि दाबी गरेका छन्।

‘सहकारी ठगी मुद्दामा तपाईंमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? तपाईंले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक-पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ,’ उनले भनेका छन्, ‘ सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने ?  फैसलाअनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ?  देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ? ‘

प्रकाशित: ३१ साउन २०८१ ११:५४ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast