 
                             
                                            काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजारमा सामान्य अंकको करेक्सन आएको छ। बिहीबार कारोबार सुरु हुँदा केही बढेको नेप्से परिसूचक बजार बन्द हुँदा भने ५.२९ अंकले घट्यो। साताभर उच्च वृद्धि भएको नेप्से बिहीबार २७५५.६२ अंकमा सीमित भएको छ। बिहीबार एकपटक नेप्से २८०० पुगेको थियो।
यसरी उताचढाव भएको बजारमा २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबारमा आएका २४१ कम्पनीका शेयरमध्ये १६४ कम्पनीको शेयरमूल्य घटेको छ। तीन कम्पनीको मूल्य यथावत रहँदा ७४ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्।
बिहीबार पाँचवटा कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको शेयर किनबेच सर्किट लेभलमा भएको छ। एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।
बिहीबारजीवन बीमा समूह सबैभन्दा धेरै ३.६९ प्रतिशत तथा निर्जीवन बीमा १.७४ प्रतिशत बढ्यो। लगानी २.७४, फाइनान्स १.७७, होटल तथा पर्यटन उपसमूह ०.३५ प्रतिशतले बढेको छ।
बिहीबार बैंकिङ, विकास बैंक, हाइड्रोपावर, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहमा भने गिरावट आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 